शुक्रबार, असार ५, २०८३

कात्तिक नाचमा हिरण्यकश्यप बध

पाटनको कात्तिक नाचअन्तर्गत आइतबार हिरण्यकश्यप नाच देखाइएको छ। सो नाच हिरण्यकश्यप बध अर्थात् नृसिंह अवतारमा तान्त्रिक विधिमा आधारित हुन्छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं - पाटनको कात्तिक नाचअन्तर्गत आइतबार हिरण्यकश्यप नाच देखाइएको छ। सो नाच हिरण्यकश्यप बध अर्थात् नृसिंह अवतारमा तान्त्रिक विधिमा आधारित हुन्छ।

National life

यो नाचमा हिरण्यकश्यप चरित्र साँच्चै बेहोस हुने दृष्य सबैका लागि आकर्षक हुने गरेको छ। नाचका क्रममा हिरण्यकश्यप बेहोस भएपछि तलेजु मन्दिरका पूजारीले विधिपूर्वक नृसिंह पूजा गर्छन् । मङ्गलबजारमा रहेको मङ्गल धाराबाट पानी ल्याएर मन्त्र उच्चारणसहित विधिपूर्वक पूजाआजा गरेपछि मात्रै हिरण्यकश्यपको होस खुल्छ।

भगवान् विष्णुले नृसिंह अवतार धारण गरेर हिरण्यकश्यपको बध गराउने कथामा यो नाच आधारित छ। हिरण्यकश्यपको बधपछि नृसिंहलाई शान्त पार्नका लागि अप्सराले नृत्य गर्छिन्।

तस्बिर : दिनेश श्रेष्ठ/नेपाल समय

Shivam cement

प्रकाशित: Nov 11, 2019| 10:39 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।