शुक्रबार, भदौ ५, २०८३

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य परिन् अल्पमतमा

एमालेका १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं– एमालेका १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। बागमतीमा एमालेका ५६ सांसद छन्। १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५५ जना सांसदको साथ चाहिन्छ। 

१२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि नेकपा एमालेका ४४ जना सांसद मात्रै बाँकी रहेका छन्।  

निर्वाचन आयोगले दल दर्ताको आधिकारिकता दिएपछि मंगलबारदेखि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न दिएको थियो। 

यी हुन् एमाले छाडेका १२ सांसद

राजेन्द्र पाण्डे

राजेन्द्रमान श्रेष्ठ

लक्ष्मण लम्साल

वसुन्धरा हुमागाईं

रमा आले मगर

वसन्त मानन्धर

कुसुम कार्की

पार्वती सिलवाल

इन्द्रमाया गुरुङ

मुनु सिग्देल

माधव पौडेल

कृष्ण खनाल

प्रकाशित: Aug 31, 2021| 15:55 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...