शुक्रबार, भदौ ५, २०८३

वाईसीएल नेपालको २३१ सदस्यीय केन्द्रीय समिति गठन

१० प्रतिशत पछि मनोनीत हुने गरी २३१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेका छौं यो केन्द्रीय समिति निर्माण गर्दै हाम्रो संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ। राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय समितिले बैठक बसेर पदाधिकारी चयन गर्नेछ।’
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं– नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ। 

केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले जानकारी दिए। नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनीत हुनेछन्।

इन्चार्ज दीपशिखाका अनुसार वाईसीएलको विधानअनुसार २३१ जनामध्ये २३ जना पछि मनोनीत हुनेछन्। उनले भने, ‘१० प्रतिशत पछि मनोनीत हुने गरी २३१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेका छौं  यो केन्द्रीय समिति निर्माण गर्दै हाम्रो संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ। राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय समितिले बैठक बसेर पदाधिकारी चयन गर्नेछ।’

गत शनिबार सुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका थिए। तर सहमती जुटाउन नसकेपछि केन्द्रिय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रिय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो।



  

प्रकाशित: Aug 31, 2021| 15:21 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...