शुक्रबार, भदौ ५, २०८३

माधव नेपालको दलले कहाँ राख्ला पार्टी कार्यालय?

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पार्टी कार्यालय रहने स्थान टुंगो लगाउन सकेको छैन।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पार्टी कार्यालय रहने स्थान टुंगो लगाउन सकेको छैन। निर्वाचन आयोगमा दल दर्ता गर्दा काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको विवरण बुझाइए पनि कार्यालयको टुंगो भने अझसम्म पनि लागेको छैन। 

नयाँ बानेश्वरको अर्याल होटल छेउको एउटा स्कुलबाट पार्टी सम्पर्कका काम हुँदै आएका छन्। तर यो अल्पकालीन व्यवस्था मात्रै हो। बानेश्वर आसपास कार्यालय नभेटेपछि बिजुलीबजारबीचको आर्कब्रिज नजिकै किंग्स कलेज नजिकै तीनतले घरमा कार्यालय राख्ने विषयमा कुराकानी भइरहेको उक्त पार्टीका नेताहरूले बताएका छन्। 

नेताहरूका अनुसार मिनभवनमा पनि एउटा घर भेटिएको छ तर टुंगो भने लागिसकेको छैन । 

अध्यक्ष माधव नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार मंगलबार दिनभरमा पार्टी कार्यलय रहने स्थान टुंगो लगाइनेछ। भेटिएका घर हेरिएको, तर फाइनल नभएको गौतमको भनाइ छ। 

प्रकाशित: Aug 31, 2021| 14:19 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...