शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रालय बाँडफाँडमा सहमति जुटेन, मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने

मन्त्रालय बाँडफाँडमा सहमति जुटेन, मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने

सत्तारुढ गठबन्धनको बैठक मन्त्रालय बाँडफाँडका विषयमा सहमति जुटाउन नसकेरै सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गरेको थियो।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक मन्त्रालय बाँडफाँडका विषयमा सहमति जुटाउन नसकेरै सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गरेको थियो।

सत्ता गठबन्धनमा आवद्ध दलका दोस्रो तहका नेताहरूसहित बसेको बैठकमा मन्त्रालय भागबन्डामा सहमति नजुटे पनि प्रमुख चार नेताबीच अर्को बैठक बस्ने सहमति भएको छ। नेताहरूबीच मन्त्रालय बाँडफाँडमा सहमति नजुटे‍पछि मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने देखिएको छ। 

बैठकमा सहभागी एक नेताका अनुसार बुधबारसम्म शक्ति बाँडफाँड सक्ने प्रयास भइरहेको छ। गठबन्धनका नेताहरूबीच राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नहुँदासम्म मन्त्रीहरूको शपथ ग्रहण नगराउने सहमति भएको ती नेताले बताए। 

अध्यादेश निष्कृय नहुँदै मन्त्रीको सपथग्रहण गराउँदा असन्तुष्टहरूले दल विभाजन गर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर यस्तो सहमति गरिएको बताइएको छ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत दोस्रो तहका नेताहरू पनि सहभागी थिए। 

सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो।

प्रकाशित: Aug 31, 2021| 12:52 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...