शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पौडेल पक्षले बोलायो बैठक, सभापतिको साझा उम्मेदवार छान्ने प्रयास गरिने

पौडेल पक्षले बोलायो बैठक, सभापतिको साझा उम्मेदवार छान्ने प्रयास गरिने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाएको छ। १४औं महाधिवेशनको मूल प्रक्रिया सुरु हुनुअघि पौडेल पक्षले बैठक बोलाएको हो।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाएको छ। १४औं महाधिवेशनको मूल प्रक्रिया सुरु हुनुअघि पौडेल पक्षले बैठक बोलाएको हो। 

एक नेताका अनुसार बैठक आज दिँउसो १  बजे पौडेल निवास बोहोराटारमा बस्नेछ। बैठकमा महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने बताइएको छ।

पौडेल पक्षबाट सभापतिका धेरै आकांक्षी छन्। स्वयं पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु शेखर कोइराला लगायत सभापतिका आकांक्षी छन्। आकांक्षीहरुका बीचमा सहमति जुटाएर साझा उम्मेदवार चयन गर्न पौडेल पक्षले प्रयास गर्दै आएको छ।

कांग्रेस महाधिवेशन आगामी मंसिर ९ देखि १३ सम्म हुँदैछ।

प्रकाशित: Aug 31, 2021| 12:04 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...