शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मंगलबार बिहान ९ बजे शीर्ष नेताको बैठक बस्दैछ। मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने उनले बताए।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।

माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मंगलबार बिहान ९ बजे शीर्ष नेताको बैठक बस्दैछ। मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने उनले बताए।

'माधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएको छ। आज बाँडफाँडसहित आन्तरिक रुपमा मन्त्री टुंगिएर मन्त्रिपरिषद विस्तार हुन्छ,'  उनले भने।

एमाले  विभाजन पश्चात नेपालले नेकपा एकीकृत  समाजवादी पार्टी गठन गरेका छन्। 'माधवजीलाई अफ्ठेरो अवस्था छ। यसमा साथ सहयोगमा अरु पार्टीले लचकता देखाउनुपर्छ। माओवादी केन्द्रले लचकता देखाएर सहयोग गर्छ,' उनले भने, 'यो हाम्रो नैतिक जिम्मेवारी हो। सहकार्यको वातावरण बनाउँदैछौं। उहाँलाई अफ्ठेरो परेको सहयोग गर्छौं।'

सोमबार माओवादी केन्द्रको बैठक बसेको थियो। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका थिए।

प्रकाशित: Aug 31, 2021| 07:19 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...