काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्। लामो समयदेखि पार्टीको महासमिति सदस्यका रूपमा क्रियाशील पूर्वगृह राज्यमन्त्री बाँस्कोटाले सोमबार विज्ञप्ति जारी गरी सक्रिय राजनीतिबाट विश्राम लिएर वैचारिक राजनीति र समाजसेवामा सक्रिय हुने घोषणा गरेका हुन्।
‘साउन ११ गतेदेखि ७३ वर्ष पूरा भएर ७४ वर्ष प्रवेश गरें ५२ वर्षको राजनीतिक जीवनबाट विश्राम लिँदैछु’ वि.सं. २०२६ देखि २०६४ सम्म अति क्रियाशील भएर कांग्रेसमा काम गरें, २०६४ सालदेखि सामान्य क्रियाशील थिएँ’, बाँस्कोटाले उल्लेख गरेका छन्।
बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा बाँकी सम्पूर्ण जीवन अर्पण गर्छु।
२०५१ को संसदीय निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा बाँस्कोटाले गृहराज्यमन्त्री भएका थिए। पार्टीको १४औँ महाधिवेशनदेखि पार्टी राजनीतिमा क्रियाशील नभई लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यतालाई पृष्ठपोषण गर्न वैचारिक रूपमा काम गरी पुस्तान्तरण गर्ने निर्णय गरेको उने बताएका छन्।
‘पार्टी तथा संसदीय निर्वाचनमा भाग लिई चुनावी प्रक्रियाका क्रममा कुनै तहमा पनि सहभागी हुन्नँ, बीपी कोइरालाको लोकतान्त्रिक समाजवादको आदर्शलाई वैदिक समाजवादमा रूपान्तरण गर्दै वैदिक ज्ञान र प्रविधिको प्रयोगद्वारा नेपाललाई आध्यात्मिक वैदिक राष्ट्र निर्माण गर्ने महाअभियानमा बाँकी सम्पूर्ण जीवन अर्पण गर्छु’, बाँस्कोटाले भने।