शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बेपत्ता पारिएका व्यक्तिको खोजी गर्न सरकार प्रतिबद्ध छ : कानुनमन्त्री कार्की

बेपत्ता पारिएका व्यक्तिको खोजी गर्न सरकार प्रतिबद्ध छ : कानुनमन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिलाई खोजी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिलाई खोजी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई सरकारले खोजि तथा अनुसन्धान गर्न तयार रहेको बताएका हुन्। उनले पीडितहरुलाई न्याय दिने कामलाई सम्बन्धित सरकोरवालाहरुसँग छलफल गरी टुंगोमा पुर्याउने आश्वासन पनि दिए।

‘तपाईंहरुले अभिव्यक्त गर्नुभएका विचारहरु र तपाईहरुका भावनाहरु र यो जुन समस्या छ, यो समस्यालाई चाँडो भन्दा चाँडो समाधान गरेर अगाडि बढ्ने अठोट गर्दछु, यसका लागि सबे सरकोरवालाहरु सँग छलफल गरी टुंगोमा पुर्याउन यो सरकार तयार छ, म कानूनमन्त्रीको हैसियतले यसमा योगदान गर्नका निमित्त तयार छु,' उनले भने, 'सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता हुनुभएका व्यक्ति, व्यक्तिका परिवारजन तथा आफन्तहरुले न्याय प्राप्तिका लागि गर्नुभएको धैयर्ता प्रति आभार प्रकट गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन नेपाल सरकार प्रतिवद्ध रहेको विश्वस दिलाउँछु ।’

कार्यक्रममा कानून बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्मबहादुर खातीले कानूनको परिपालना गरी अघि बढ्नुपर्ने बताए। उनले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषयवस्तु नभएको बताउँदै शान्तिको लागि सम्झौता भएकोले बेपत्ता र बेपत्ता पारिएकाहरुको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। यो पीडितको रोदनको कुरा भएकोले पीडितको माग सम्बोधन हुनुपर्ने उल्लेख गरे।

‘आज परिवर्तनको लागि लडेका व्यक्तिहरुको, बेपत्ता पारिएका व्यक्तिहरुलाई न्याय दिनुपर्ने अवस्था छ, राज्यले कम्तिमा पनि बेपत्ता तथा बेपत्ता पारिएका परिवारप्रति एउटा अभिभावकत्व जिम्मेवारी लिनुपर्छ जस्तो मलाई लाग्छ,’ उनले भने। 

महान्याधिवक्ता खातीले मानिसको जीवन नै सबैभन्दा मूल्यवान हुने भन्दै मानिस हराउने र हराउन बाध्य पार्ने कारण कसैबाट नहोस् भन्ने कुरा नै बेपत्ता पारिएको पीडितहरुको अन्तर्राष्ट्रिय दिवस २०७८ को मुल कुरा भएको बताए।

प्रकाशित: Aug 30, 2021| 21:12 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...