शुक्रबार, भदौ ५, २०८३

सरकारलाई सुरुमै कुपोषण लागेको छ : महेश बस्नेत

‘सरकारमा सामेल दलहरुले संविधानभन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण हो।’
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

भक्तपुर– एमालेका नेता महेश बस्नेतले वर्तमान सरकारलाई सुरुमै कुपोषण लागेको बताएका छन्। ‘सरकारमा सामेल दलहरुले संविधानभन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण हो’, बस्नेतले रफत सञ्चार क्लबमा आयोजित साक्षात्कारमा भने। 

उनले सभामुख अग्नि सापकोटामाथि संसद्को उपहास गरेको आरोप लगाए। बस्नेतले एमालेले १४ सांसदलाई कारबाही सिफारिस गरेकोमा जालझेल गरेर कारबाही नगर्ने निर्णय गरेको आरोप समाभुखमाथि लगाएका हुन्। 

 ‘सभामुख सापकोटाले गरेको निर्णय उनीहरुको पक्षपोषणमा रहेको र नेपाली राजनीतिमा गलत नजिर बसालेका छन्।’ 

उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतको केही पक्ष नेपालको राजनीतिलाई अस्थितरतातर्फ धकेल्ने प्रयासमा लागेको बताए। उनले भने, ‘सभामुख सापकोटाले गरेको निर्णय उनीहरुको पक्षपोषणमा रहेको र नेपाली राजनीतिमा गलत नजिर बसालेका छन्।’ 

नेपाली राजनितिमा च्याँखे दाउ थाप्न माहिर प्रचण्डले आगामी निर्वाचनमा महागठबन्धनका नाममा नयाँ च्याँखे थाप्न लगेको बस्नेतले आरोप लगाए। टाउकोले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले टाउको हल्लाएकै कारण सरकारले पूर्णता पाउन नसकेको उनको भनाइ छ। उनले अबको तीनै तहको निर्वाचन तत्काल गरिनुपर्ने बताए। उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार निर्माण गरी मितव्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम विकल्प हो।’ 

उनले संविधान मिचेर अनेका खालका अध्यादेश ल्याएर निर्वाचन पछि धकेल्दै संसदमा सांसदबीच फोहोरी खेल खेल्दै एमालेलाई कमजोर बनाउने सपना नदेख्न र निर्वाचनमा उत्रनसमेत आवाह्न गरे। 


प्रकाशित: Aug 30, 2021| 16:54 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...