शनिबार, साउन ३०, २०८३

गणित विषयका लागि किन दिईँदैन नोबेल पुरस्कार ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- सन २०१९ को नोबेल पुरस्कार बिजेताहरुको नाम घोषणा भइसकेको छ।

यो पुरस्कार भौतिक शास्त्र, रसायनशास्त्र, चिकित्सा, अर्थशास्त्र, शान्ति र साहित्य क्षेत्रमा दिईँदै आएको छ। तर हरेक वर्ष नोबेल पुरस्कार घोषणापछि एउटा प्रश्न उब्जिन्छ, गणित विषयका लागि किन नोबेल पुरस्कार दिईँदैन ?

यो विषयलाई लिएर विभिन्न कथनहरु सार्वजनिक हुने गरेका छन्। केही अनुसन्धानदाताहरुले पनि यो विषयमा सोधीखोजी गरेका छन्।

नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलले गणित विषयमा किन पुरस्कार स्थापना गरेनन् भन्नेबारे विभिन्न अफबाहहरु सुनिने गरेको छ। कसैले अल्फ्रेडकी एक नातेदारसँग एक गणितज्ञको अबैध सम्बन्ध रहेका कारण गणितज्ञ मन नपाउने भएकाले पुरस्कार नदिएको वा कसैले अल्फ्रेडकी पत्नीको एक गणितज्ञसँग अबै सम्बन्ध रहेका कारण यो शीर्षकमा पुरस्कार नराखेको भन्ने तर्क गरेका छन्। तर अल्फ्रेडले बिहे नगरेका कारण दोस्रो तर्क भने निरर्थक देखिन्छ। किन गणितलाई पुरस्कार दिइएन भन्नेबारे जान्नुअघि

अल्फ्रेडले पुरस्कारका लागि किन रोजे ५ क्षेत्र ?

मिशिगन युनिभर्सिटीका गणितज्ञ लिझेन जीले यसबारे अनसन्धान गरेका छन्। उनले २०१३ मा भएको अन्तर्राष्ट्रिय कंग्रेस अफ चाइनिज म्याथम्याटिसियन्सको जर्नलमा यसबारे लेखेका छन्। उनका अनुसार अल्फ्रेड नोबेलद्वारा नोबेल पुरस्कारका लागि भौतिक शास्त्र, रसायनशास्त्र, चिकित्सा, साहित्य र शान्तिलाई रोज्नुका कारण यी बताएका छन्।

१. भौतिकशास्त्र र रसायनशास्त्र : आफू पनि एक वैज्ञानिक भएका कारण नोबेलले यी दुई क्षेत्र रोजे।

२. चिकित्सा : नोबेल एक स्वस्थ व्यक्ति थिए। सँधै स्वास्थ्यबारे ख्याल राख्थे। स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण क्षेत्र चिकित्सा हुने भएकाले उनले चिकित्सा शास्त्रलाई नोबेल पुरस्कार दिए।

३. साहित्य : जब नोबेल एउटा युवा अवस्थामा थिए। त्यो समयमा उनी कविता तथा लेख्ने गर्दथे।

४. शान्ति : बेरोसेनस बर्था सटनर नाम गरेकी एक महिला शान्ति क्षेत्रमा काम रिरहकै थिइन्। सटनरसँग नोबेलको सम्बन्ध थियो। साथै नोबेललाई लागेको थियो कि सटनरले गरेको मेहनतपूर्ण कामबाट उनी पुरस्कृत हुन लायक छन्।

अल्फ्रेड नोबेलको मृत्यु भएको एक वर्षपछि सन् १९०५ सटनरलाई उनको उपन्यास ‘ले डाउन युयोर आम्र्स’ का लागि नोबेल पुरस्कार प्राप्त भयो।

अर्थशास्त्रलाई धेरै वर्षपछि नोबेल पुरस्कार दिन थालिएको हो।

केही अनुसन्धानहरुका अनुसार अल्फ्रेड नोबेलले आफ्नो काममा गणितको निकै कम प्रयोग गर्थे। उनलाई गणित विषय खास्सै मन पनि नपर्ने भएकाले पुरस्कार दिनेबारे कहिल्यै सोचेनन्। 
तर केही गणितज्ञहरुले भने नोबेल पुरस्कार प्राप्त गरेका छन्।

गणित विषयमा नोबेल पुरस्कार नभए पनि गणितज्ञहरुले अन्य शिर्षकका नोबेल पुरस्कार पाएका छन्।

सन् १९५० गणितज्ञ बन्ट्रेस रसेलले साहित्यतर्फ नोबेल पुरस्कार पाएका छन्।

सन् १९९४ मा म्याक्स बर्न र वाल्टर वानले भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका छन्।

सन् १९९४ मा जोन नेशले गेम थ्यौरीका लागि अर्थशास्त्रतर्फबाट नोबेल पुरस्कार जितेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।