मंगलबार, असोज २०, २०८३

प्रदीप नेपालले छाडे माधव नेपालको साथ

नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध नेता प्रदीप नेपालले सो पार्टी परित्याग गरेका छन्।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध नेता प्रदीप नेपालले सो पार्टी परित्याग गरेका छन्।

पार्टीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिएका हुन्। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धोका दिएको उनको आरोप छ। ‘तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ। तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो,’ नेपालले भनेका छन्।

नेता नेपालले आफू एमाले अध्यक्ष केपी ओलीसँग पनि नजाने उल्लेख गरेका छन्। ‘माधव कमरेड, म केपीसँग जान्न। किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ, नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन् ।   

प्रकाशित: Aug 30, 2021| 14:50 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...