मंगलबार, वैशाख ८, २०८३

पारसले दिए कप्तानबाट राजीनामा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टोलीको कप्तानीबाट राजीनामा दिएका छन्।

पारसले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कप्तानी छाडेको जनकारी दिएका हुन्। 

नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गरेको दोस्रो दिनमै पारसले कप्तानबाट राजीनामा दिएका हुन्। सन् २००९ बाट नेपाली टोलीको कप्तानी सम्हालेका पारस अहिलेसम्मकै सफल कप्तानसमेत हुन्। उनले युएईमा भएको एसीसी टी-२० ट्रफीबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हालेका थिए। पारसकै कप्तानीमा नेपालले सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकप खेलेको थियो। उनकै कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। उनले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय ऐतिहासिक मान्यता समेत दिलाएका थिए।

विज्ञप्तिमा पारसले नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै खुसी लागेको जनाएका छन्। यस्तै, उनले क्यानको नयाँ नेतृत्वले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवाला हितमा काम गरोस् भन्ने कामनासमेत गरेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।