काठमाडौं- युरोकप छनोटअन्तर्गत इग्ल्यान्डले बुल्गेरियालाई आधा दर्जन गोल गरेको छ। सोमबार राति भएको खेलमा इग्ल्यान्डले बुल्गेरियामाथि ६-० को फराकिलो जित निकालेको हो।
इग्ल्यान्डको जितमा जितमा रोस बार्कली र रहिम स्टर्लिङले समान दुई गोल गरे। त्यस्तै, मार्कोस रासफोर्ड र ह्यारी केनले एक-एक गोल गरे।
पहिलो हाफमा ४-० को अग्रता बनाएको इग्ल्यान्डले दोस्रो हाफमा थप दुई गोल गरेको थियो। खेलको सातौं मिनेटमा रसफोर्डले गोल गर्दै इग्ल्यान्डलाई अग्रता दिलाएका थिए। २० औं मिनेटमा बार्कलीले गोल गर्दै अग्रता दोब्बर पारे। ३२ औं मिनेटमा बार्कलीले व्यक्तिगत दोस्रो गोल गर्दै इग्ल्यान्डलाई ३-० को अग्रता दिलाए।
पहिलो हाफको इन्जुरी समयमा स्टर्लिङले गोल गर्दै इग्ल्यान्डलाई ४-० को बलियो स्थितिमा पुर्याए।
७९ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गरे। ८५ औं मिनेटमा केनले गोल गर्दै इग्ल्यान्डलाई ६-० को फराकिलो जित दिलाए।
जितसँगै समूह ‘ए’ मा शीर्ष स्थानको इग्ल्याण्डको ६ खेलबाट १५ अंक भएको छ। बुल्गेरिया ३ अंकसहित तालिकाको पुछारमा छ।
एजेन्सीकाे सहयाेगमा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४