काठमाडौं- विश्वविजेता फ्रान्स युरोकप छनोटमा टर्कीसँग बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा फ्रान्स टर्कीसँग १-१ को बराबरीमा रोकिएको हो।
खेलमा सुरुवाती अग्रता लिएको घरेलु टोली फ्रान्सले अग्रता जोगाउन नसक्दा टर्कीसँग अंक बाँड्न बाध्य भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फ्रान्सले ओलिभर जिरुउडको गोलबाट अग्रता लिएको थियो। उनले खेलको ७६ औं मिनेटमा स्ट्राइकर एन्टोइन ग्रिजमनको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। तर, फ्रान्सको त्यो अग्रता लामो समय टिकेन। ८२औं मिनेटमा टर्कीका कान एहानले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि एक-एक अंक बाँडेका छन्।
बराबरीसँगै फ्रान्स ८ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा छ। समान १९ अंक रहे पनि टर्की गोल अन्तरका आधारमा शीर्षस्थानमा छ।
सोही समूहको अर्को खेलमा आइसल्यान्डले एन्डोरालाई २-० ले पराजित गरेको छ। त्यस्तै, अर्को खेलमा अल्वानियाले माल्दोभालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ।
आइसल्यान्ड १५ अंकसहित तेस्रो स्थानमा छ। अल्वानिया १२ अंक जोडेर चौथो स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४