काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लागेको ४ वर्षे लामो प्रतिबन्ध फुकुवा गरेको छ।
सोमबार सम्पन्न आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । क्यानमाथि सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ मा क्यानलाई निलम्बन गरेको थियो ।
पछिल्लो पटक क्यानले नयाँ नेतृत्व पाएसँगै सुधारका केहि संकेतहरु देखिएपछि आइसीसीले निलम्वन फुकुवा गरेको हो ।
गत असोज १० र ११ काठमाडौंमा भएको साधारण सभाबाट क्यानले नयाँ नेतृत्व पाएकाे थियो । चतुरबहादुर चन्दले अहिले क्यानको नेतृत्व सम्हालेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४