शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी छाडेर अन्यत्र नजान जनप्रतिनिधिलाई एमालेको अपिल [सर्कुलरसहित]

पार्टी छाडेर अन्यत्र नजान जनप्रतिनिधिलाई एमालेको अपिल [सर्कुलरसहित]

नेकपा (एमाले) ले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग अपिल गरेको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

काठमाडौं– नेकपा (एमाले) ले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग अपिल गरेको छ। 

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय सीमा दिएसँगै एमालेले दल परिवर्तन नगर्न अपिल गरेको हो। 

हालैको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि) मा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन आह्वान गरिएको हो। अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशनमा पार्टी विभजानका लागि ल्याइएको अध्यादेशबाट प्रभावित नहुन भनिएको छ। यस्तै एमालेले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र विभाजनकारी गतिविधिको प्रतिरोध गर्न आह्वान गरेको छ। 

जनप्रतिनिधिलाई अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘२१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ।’

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशलाई टेकेर एमालेलाई विभाजित गर्दै वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता भएको छ। नेकपा एकिकृत समाजवादी आधिकारिक रुपमा ९ भदौमा दर्ता भएसँगै निर्वाचन आयोगले हिजो (आइतबार) विज्ञप्ति जारी गर्दै प्रदेश र स्थानीय जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म आफ्नो दल रोजिसक्न भनेको छ । भदौ २२ सम्म एमाले र जसपा त्याग्ने प्रदेश र स्थानीय जनप्रतिनिधिलाई कुनै कारवाही हुँदैन ।


प्रकाशित: Aug 30, 2021| 12:48 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...