मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ मा एमालेका १० सांसद होटेलमा, मुख्यमन्त्री आचार्यलाई विश्वासको मत पाउन गाह्रो

प्रदेश १ मा एमालेका १० सांसद होटेलमा, मुख्यमन्त्री आचार्यलाई विश्वासको मत पाउन गाह्रो

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउन मुस्किल देखिएको छ। ९२ सदस्यीय प्रदेश सभामा एमालेलाई बुहमत जुटाउन सकस पर्ने देखिएको हो।
 |  सोमबार, भदौ १४, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, भदौ १४, २०७८

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउन मुस्किल देखिएको छ। ९२ सदस्यीय प्रदेश सभामा एमालेलाई बुहमत जुटाउन सकस पर्ने देखिएको हो। 

National life

मुख्यमन्त्री आचार्यले पद जोगाउन ४७ सांसद आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ। उनलाई त्यो संख्या पुर्‍याउन ‘फलामको चिउरा चपाउनु’ सरह बनेको छ। 

प्रदेश सभामा एमालेका ५१ जना सांसद रहेका छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा १० जना सांसद खुल्ने प्रष्ट देखिएको छ। १० जना सांसद खुल्ने वित्तिकै एमाले नेतृत्वको सरकार ढल्ने निश्चित छ।

नेकपा एकीकृत समाजवादीमा प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, पदमकुमारी गुरुङ, गणेशकुमार काम्वाङ, खिनु लङ्वा लिम्वु, सुनिताकुमारी चौधरी, सरिता थापा खड्का, कृष्णकुमारी राई, सावित्राकुमारी रेग्मी र उपेन्द्र घिमिरे खुल्ने प्रष्ट देखिएको छ। मंगलबार १० जना सांसदहरूले प्रदेश १ को निर्वाचन कार्यालयमा सनाखत गर्ने तयारी गरेका छन्। 

एकिकृत समाजवादीको नेतृत्व गरेका प्रदेश सांसद राजेन्द्र राईसहितका १० जना सांसदहरू शुक्रबारदेखि विग होटलभन्दा बाहिर गएका छैनन्। विराटनगर घर भएका सांसदहरू पनि होटलमै बस्ने गरेको श्रोतले बताएको छ। 
एकिकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका सांसद राजेन्द्र राईले अरु सांसदहरू पनि आफ्नो पक्षमा आउने दाबी गर्दै आएका छन्। उनले १५ जनासम्म एकिकृत समाजवादीमा खुल्ने बताउँदै आएका छन्। निर्वाचन कार्यालयमा सनाखत गरेपछि गठबन्धन सरकार निर्माणको प्रकृया सुरु हुने राईको भनाई छ।

राईले भने, ‘निर्वाचन आयोगले जति छिटो प्रकृया सुरु गरेर प्रदेशसभा सचिवालयलाई पत्र दिन्छ, त्यही अनुसार सरकार निर्माण सुरु हुन्छ।’ प्रदेश सभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद रहेका छन्। 

Laxmi sunrise bank
kumari

सांसदहरू होटलमा

एमालेले सांसदहरूलाई प्रभावपार्न सक्ने भन्दै एकिकृत समाजवादीमा खुल्न खोजेका सांसहरूलाई विराटनगरको विग होटलमा राखिएको छ। निर्वाचन कार्यालयमा सनाखत नहुन्जेलसम्मका लागि सांसदहरू होटलमा बस्नेगरि ९ वटा डिलक्स कोठाहरू बुक गरेर राखिएको छ। 

एकिकृत समाजवादीको नेतृत्व गरेका प्रदेश सांसद राजेन्द्र राईसहितका १० जना सांसदहरू शुक्रबारदेखि विग होटलभन्दा बाहिर गएका छैनन्। विराटनगर घर भएका सांसदहरू पनि होटलमै बस्ने गरेको श्रोतले बताएको छ। 

होटलमा सांसदहरूको दैनिक बैठक हुने गरेको छ। एमाले सांसदहरूसँगै विग होटलमा माओवादीका सांसदहरू पनि देखिदै आएका छन्। विग होटलमै माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोसहितका सांसदहरू बसेको श्रोतको दाबी छ। 

माओवादी सांसदहरू  एकिकृत समाजवादीको बैठकमा पनि सहभागि हुने गरेको पाइएको छ। विग होटलमा गठवन्धनका दलका नेताहरूको बैठकसमेत हुने गरेको छ। शनिबार कांग्रेस, माओवादी, एकिकृत समाजवादीको बैठक बसेको समाजवादीका मोरङ प्रवक्ता वसिम आलमले बताए। 

बहुमत कायम राखिन्छ : मुख्यमन्त्री

सरकार ढल्ने निश्चित जस्तै भए पनि मुख्यमन्त्री आचार्य भने एमाले भित्रै बहुमत कायम राखिने दाबी गर्दै आएका छन्। उनले भने, ‘प्रदेश सभामा बहुमत राखिन्छ।’ 

उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिने दाबी गरे। बिहीबार मुख्यमन्त्री बनेका आचार्यले शुक्रबार दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए। उनले तत्काल मन्त्रिपरिषद् विस्तार नगरी प्रदेशसभामा बहुमत जुटाउन लागि परेको श्रोतको भनाइ छ।

प्रकाशित: Aug 30, 2021| 09:43 सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।