काठमाडौं- तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप अन्र्तगत समूह ‘बी’ मा रहेको भारत गोलाप्रथामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३-० गोलले पराजित गरेको भारत सेमिफइनल प्रवेश गरेको छ।
समूहका दुई खेल खेलेको भारतले चार अंक जोड्दा सोही समूहको अर्को टोली बंगलादेशले पनि समान खेलबाट समान चार अंक जोडेको थियो।
दुबै टोलीविरुद्ध प्रयोग गरिएको कार्ड र गोल अन्तरसमेत समान भएपछि समूह विजेताको निर्णय गोलाप्रथाबाट गरिएको थियो।
समूहमा भारत र बंगलादेशले एक अर्काबीचको खेलमा गोलरहित खेल्दा श्रीलंकासँग भने दुबै टोलीले समान ३-० को जित निकालेको थिए।
श्रीलंकाविरुद्धको खेलमा भारतको जितका लागि गुर्किरात सिंहले दुई तथा अमन क्षेत्रीले एक गोल गरेका थिए।
गोलाप्रथामा भारत समूह विजेता बन्दा बंगलादेश समूहको उपविजेताको रुपमा सेमिफनइनलमा प्रवेश गरेको छ।
दुवै खेलमा पराजित भएको श्रीलंका नेपाल जस्तै समूह चरणबाटै बाहिरिएको छ।
अब भारतले सेमिफाइनलमा समूह ‘ए’को उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने बंगलादेशले समूह ‘ए’ को विजेता भुटानसँग फाइनल प्रवेशका लागि प्रवेश गर्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४