एजेन्सी– लियोनले मेस्सीले स्पेनिस ला लिगा अन्तर्गत शनिबार गेटाफेविरुद्ध हुने खेल गुमाउने भएका छन्।
इएसपिएनका अनुसार मेस्सीले खुट्टामा समस्याका कारण गेटाफेविरुद्धको खेल गुमाउने भएका हुन्।
स्पेनिस च्याम्पियन बार्सिलोनाले जारी सिजनको अवे खेलमा जित निकाल्न सकेको छैन।
चार अवे खेलमा जितबिहीन भएको बार्सिलोनाका लागि स्टार खेलाडी मेस्सीले गेटाफेविरुद्धको खेल पनि गुमाउने भएका छन्।
पिडुलाको चोटका कारण लामो सयय मैदान बहिर रहेदै आएका मेस्सी गत साता मात्रै मैदान फर्किएका थिए।
उनले सिजनका चार खेल पछि बोरुसिया डर्टमन्डविरुद्धको खेलमा बेन्चमा बस्दै टोलीमा फर्किएका थिए।
तर उनी मंगलबार भिल्ला रियलविरुद्धको खेलमा पुनः खुट्टाको चोट बेक्दै खेलको दोस्रो हाफमा मैदानबाट बाहिरिएका थिए।
च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसँगको खेलका लिग मेस्सीलाई विश्राम दिने जनाइएको छ।
मेस्सीको चोट गम्भिर नभए पनि गेटाफेविरुद्धको हुने खेलका लागि उनी तयार नहुने प्रशिक्षक अर्नेस्टो भल्भार्डेले जनाएका छन्।
यता मेस्सीले पनि आफू थकित भएको र सुस्त महसुस गरिरहेको बताएका छन्।
उनले आफूमा लयको कमी रहेकोसमेत जनाएका छन्। मेस्सी मैदान बाहिर रहेपछि अब लुइस स्वारेजले बार्सिलोनाको अग्रपंतिको जिम्मेवारीमा जोड दिनुपर्ने देखिएको छ ।
तर, उरुग्वे स्ट्राइकर स्वारेज पनि लयमा फर्किन संघर्षरत छन्। उनले भ्यालेन्सियाविरुद्धको खेलमा दुई गोल गरे पनि त्यसपछिका तीन खेलमा गोल गर्न सकेका छैनन्।
युवा स्टार खेलाडी अन्सु फातीले मेस्सी नहुँदा टोलीमा खेल्ने अवसर पाइरहेका छन्। उनले ला लिगाका ५ खेलमा दुई गोल गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४