काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपाल एकस्थान तल झरेको छ।
बुधबार सार्वजनिक गरेको नयाँ एकदिवसीय वरियातमा नेपाल एक स्थान तल झर्दै १७ औं स्थानमा पुगेको हो।
नयाँ वरियता अनुसार नेपालले ८ खेलबाट १५२ अंक सहित १९ रेटीङ पाएको छ।
एकदिवसीय वरियतामा नेपाल भन्दा तल अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन्।
एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४