मंगलबार, वैशाख ८, २०८३

नेपाली क्रिकेट टोली सिंगापुर प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्न आज (बुधबार) राती सिंगापुर प्रस्थान गर्दैछ।

नेपाली टोली राति १०:१५ बजे त्यसतर्फ प्रस्थान गर्नेछ। सिंगापुर क्रिकेट संघको आजोजनामा हुने त्रिकोणात्मक टी–२० सिरिज शुक्रबारबाट सुरु हुनेछ।

सिरिजमा आयोजक सिंगापुर सहित नेपाल र टेष्ट राष्ट्र जिम्बावेको सहभागिता रहेको छ। डबल राउण्ड रोविनको आधारमा हुने सिजरमा नेपालले आफ्नो पहिलो खेल शुक्रबार जिम्वाबेसँग खेल्ने छ भने दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ।

डबल राउण्ड रोविन अन्तर्गत जिम्वाबेसँगको दोस्रो खेल १४ गते खेल्ने छ। त्यस्तै अर्को १५ गते सिंगापुरसँग दोस्रो खेल खेल्नेछ।

सिरिजका शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्। गत बिहिबार नै पारस खड्काको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टिममा दुई नयाँ अनुहार ईशान पाण्डे र कुशल मल्लले स्थान बनाएका छन्।

त्यस्तै नियमीत उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र स्पिनर बलर बसन्त रेग्मी टिममा अटाएका छैनन्। 

नेपाली टोली 

पारस खड्का (कप्तान),
दिपेन्द्र सिंह ऐरी (उपकप्तान),
अभिनास बोहोरा,
आरिफ शेख,
कुशल मल्ल,
करण केसी,
विनोद भण्डारी,
ईशान पाण्डे,
रोहित कुमार पौडेल,
ललित नारायण राजवंशी,
पवन सर्राफ,
सोमपाल कामी,
सन्दीप लामिछाने,
सुशन भारी
र सन्दीप जोरा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।