काठमाडौं- ‘विश्व पर्यटन दिवस’ कप गल्फ प्रतियोगिता हुने भएको छ।
नेपाल गल्फ संघको आयोजनामा दुई दिने विश्व पर्यटन दिवस कप गल्फ हुन लागेको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गल्फ खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने छ।
गोकर्ण फेरेस्ट गल्फ रिसोर्टमा हुने प्रतियोगितामा थाइल्यान्ड, मलेसिया, कोरिया र इन्डोनेसियाको करिब ३० जना खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा थाइल्यान्डबाट ६, मलेसियाबाट २० तथा कोरिया र इन्डोनेसियाबाट समान दुईदुई गरी ३० खेलाडीको सहभागिता रहनेछ। त्यस्तै नेपालका ५० खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्ने छन्।
प्रतियोगिता १८ होलमा तीन बाई चार ह्यान्डीक्यापमा खेलाईने छ।
प्रतियोगिताको पुरुषतर्फको विजेता, उपविजेता, तेस्रो, चौथो र पाँचौ गरी बेष्ट ग्रोस, महिलातर्फ विजेता र उपविजेता तथा सिनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन र मोस्ट ब्राइडिजले थाइ एयरको दुई टिकट प्राप्त गर्ने छन्।
भ्रमण वर्ष २०२० लाई प्रवर्दन गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा होल इन वान गर्नेलाई कियाको कार प्रदान गरिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४