बुधबार, जेठ २०, २०८३

धनगढीमा गौरा मनाउँदै प्रधानमन्त्रीपत्नी डा आरजु

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएपछि डाक्टर आरजुले धनगढीमा घर किनेकी थिइन्। चुनावमा पराजय भोगेकी उनले हरेक वर्ष गौरा पर्व धनगढीमा मनाउँदै आएकी छन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

धनगढी- द्वन्द्वकालमा माओवादीले डडेल्धुराको घर ध्वस्त पारिदिएपछि काठमाडौँ बूढानीलकण्ठस्थित घरमा गौरा भित्र्याउँदै आएकी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा आरजु राणा (देउवा)ले विगत २ वर्षदेखि धनगढीको घरमा गौरा भित्र्याउँदै आएकी छन्। डा आरजुले गएको निर्वाचनमा धनगढीमा घर किनेपछि गौरा पनि उतै भित्र्याउन थालेकी हुन्। 

National life

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएपछि डाक्टर आरजुले धनगढीमा घर किनेकी थिइन्। चुनावमा पराजय भोगेकी उनले हरेक वर्ष गौरा पर्व धनगढीमा मनाउँदै आएकी छन्। 

आइतबार धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित निवासमा विधिवत् पूजा गर्दै गौराको मूर्ति भित्र्याएपछि नेपाल समयसँग कुरा गर्दै नेपाली काँग्रेसकी नेतृ डा आरजुले अबका गौरा धनगढीमा नै मनाउने बताइन्। 

‘हाम्रो परिवारमा परम्पराकालदेखि सासू, बूढीसासू, उहाँहरुभन्दा पनि बूढीसासूहरु हाम्रो गाउँमै गौरा भित्र्याउनुहुन्थ्यो। पहिले देउरानीहरुले पहाडको घरमै गर्नुहुन्थ्यो,’ डा आरजुले भनिन्, ‘माओवादीकालमा हाम्रो घर ध्वस्त पारियो। उहाँहरुलाई बस्न गाह्रो भयो। उहाँहरु 'शरणार्थी' हुनुभयो। पूजा गर्न गाउँ जान धेरै गाह्रो थियो। त्यो बेला मैले काठमाडौँ नै गौरा लगेर पूजा गर्ने गरेकी थिएँ। उहाँहरु सबै काठमाडौंमै आउनुहुन्थ्यो।’ 


Shivam cement

आफूले घर किनेपछि भने धनगढीमा गौरा मनाउने सुरु गरेको उनले बताइन्। 'गौराको व्रत बस्न थालेको १६/१७ वर्ष भयो। पहिले काठमाडौँमा मनाउथेँ, २ वर्षदेखि यहाँ मनाउँदै आएकी छु,’ डा आरजुले भनिन्, ‘यहाँको मान्छे धेरै रमाइला छन्, त्यसैले पनि यहाँ ल्याएर मनाउन थालेकी हुँ। पुरानो परम्परा हो, किन खत्तम गर्ने? हाम्रो संस्कृतिलाई अगाडि बढाउनुपर्छ।’

गौराको पूजाअर्चनाका लागि कांग्रेसकी नेतृ आरजु आइतबार दिउँसो काठमाडौंबाट धनगढी आएकी हुन्। उनलाई स्वागत गर्न धनगढी विमानस्थलमा नेपाली काँग्रेसका नेता/कार्यकर्ताको भिड लागेको थियो।


प्रकाशित: Aug 29, 2021| 20:53 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।