शुक्रबार, साउन २९, २०८३

रोनाल्डोबिहिन खेलमा युभेन्टसको पुनरागमन जित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- नव प्रवेशी क्लब ब्रेशियालाई पराजित गर्दै युभेन्टस इटालियन सिरि ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। 

मंगलबार राति भएको खेलमा ब्रेशियालाई २–१ गोलले पराजित गर्दै युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

युभेन्टसको जितमा मिरलेम पेनामिकले एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार आएको थियो। खेलमा अग्रता भने ब्रेशियाले नै लिएको थियो। 

खेलको चौथो मिनेटमा अल्फ्रेडो डोनारुम्माले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर ४० औं मिनेटमा ब्रेशियाका जोन चान्सलरले आत्मघाती गोल गरेपछि युभेन्ट्स खेलमा फर्किएको थियो। 

आत्मघाती गोलबाट पहिलो हाफमा १–१ को बराबरी खेलेको युभेन्टसले दोश्रो हाफमा थप एक गोल गरेको थियो। खेलको ६३ औं मिनेटमा मिरलेम पेनामिकले गोल गर्दै युभेन्ट्सलाई २–१ को जित दिलाए। 

यस खेलमा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने चोटका कारण खेलमा अनुपस्थित रहेका थिए। यस जितसँगै युभेन्ट्सले ५ खेलबाट १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ब्रोशया ६ अंक जोड्दै तालिकाको १२ औ स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।