मंगलबार, वैशाख ८, २०८३

मेस्सीले चोट बोकेको खेलमा बार्सिलोनाको जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस लिग अन्तर्गत स्टार खेलाडी लियोनल मेस्सीले चोट बोकेको खेलमा बार्सिलोना विजयी भएको छ। 

मंगलबार राति भएको खेलमा भिल्ला रियललाई २–१ गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान र अर्तुर भिडालले एक एक गोल गरे। भिल्ला रियलका लागि क्याजोलाले एक गोल फर्काए।

खेलको छैटौ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनले मेस्सीको कर्नर प्रहारमा हेडमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका हुन्। त्यसपछि खेलको १५ औं मिनेटमा अर्तुर भिडालले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। 

खेलको ४४ औं मिनेटमा क्याजोलाले गोल गर्दै भिल्ला रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर दोस्रो हाफमा दुबै टोलीबाट कुनै गोल नहुदा बार्सिलोनाले २–१ को जित निकालेको हो। 

पिडुलाको चोटका कारण लामो सयय मैदान बहिर रहेका मेस्सी गत साता मात्रै मैदान फर्किएका थिए। तर उनी पुनः खुट्टामा समस्या देखिएपछि खेलको दोस्रो हाफमा मैदानबाट बाहिरिएका थिए । 

दोस्रो हाफमा मेस्सीको स्थानमा फ्रेन्च फरवार्ड उसमान डेम्बेलेले मैदान प्रवेश गरेका थिए। जितपछि बार्सिलोनाका मुख्य प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले मेस्सीको चोट सामान्य रहेको प्रतिक्रिया दिएका छन्। 

यो जितसँगै बार्सिलोना ४ खेलबाट १० अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। भिल्ला रियल ८ अंक सहित तालिकाको आठौं स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।