शनिबार, वैशाख १२, २०८३

डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – डिफेन्डिङ च्याम्पियन नेपाल यू–१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ।

हलचोकस्थित एपीएफ मैदानमा मंगलबार भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो। भुटान र माल्दिभ्सले बराबरी खेलेसँगै भुटान समूह विजेता र माल्दिभ्स उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन्।

भुटानले दुई खेलबाट चार अंक जोड्यो भने माल्दिभ्सले दुबै खेल बराबरी खेल्दै दुई अंक जोड्यो।

नेपालले माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो भने भुटानसँग ३-० को लज्जास्पद हार व्यहोरेको थियो।

प्रतियोगिताको सेमिफाइनल समीकरण भने बुधबार पूरा हुँदैछ। समूह ‘बी’ को समूह चरणको अन्तिम खेलमा बुधबार भारतले श्रीलंकासँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्दैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।