शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'अर्कै दल दर्ता गरेकाले एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही आवश्यक छैन'

'अर्कै दल दर्ता गरेकाले एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही आवश्यक छैन'

एमालेले कारबाही सिफारिस गरेका १४ सांसदले अर्कै दल दर्ता गरेकाले उनीहरूलाई कारबाही गर्न नपर्ने संसद् सचिवालयले ठहर गरेको हो।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै कारबाही सिफारिस गरेका सांसदको पद कायमै रहने भएको छ। एमालेले कारबाही सिफारिस गरेका १४ सांसदले अर्कै दल दर्ता गरेकाले उनीहरूलाई कारबाही गर्न नपर्ने संसद् सचिवालयले ठहर गरेको हो। 

भदौ १ गते एमालेले तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै उनीहरूको सांसद पद खारेजीको माग गर्दै संसद् सचिवालयमा पत्र पठाएको थियो। भदौ ९ गते उनीहरूको सनाखतमा नेकपा एकीकृत समाजवादी दल दर्ता भइसकेकाले उनीहरूमाथि कारबाही आवश्यक नभएको सचिवालयले ठहर गरेको हो। 

एमालेले सिफारिस गरेका आफ्ना १४ सांसदलाई कारबाही नगरेको भन्दै एमाले सभामुखप्रति खनिइरहेको छ। 

प्रकाशित: Aug 29, 2021| 18:23 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...