शुक्रबार, साउन २९, २०८३

गर्लफ्रेन्डलाई अन्डरवाटर प्रपोज गर्दा मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

आफ्नी प्रेमिकालाई विशेष शैलीमा, पानीभित्र डुबेर विवाह प्रस्ताव गर्न चाहने एक अमेरिकी युवकको दुर्घटनामा परेर मृत्यु भएको छ ।

विदा मनाउन अफ्रिकी मुलुक तन्जानिया गएका युवा जोडीमध्ये प्रेमीको मृत्यु भएको हो ।

स्टिव वेबर नामका यि युवा आफ्नी प्रेमिका केनेशा एन्टोइनसँग पेम्पा द्वीपभन्दा केही पर मांटा रिजोर्टको पानीभित्रै बनाइएको क्याबिनमा बसेका थिए ।

दुर्घटनापछि प्राप्त केही फुटेजमा वेबर कोठबाट बाहिरको पानीभित्र पौडिदै आफ्नी प्रेमिकालाई विवाहका लागि प्रस्ताव गरिरहेको देखिन्छ ।

वेबरकी प्रेमिका केनेशाले फेसबुक पोस्टबाट वेबरको मृत्यु सार्वजनिक गर्दै लेखेकी छन्, ‘उनी त्यो गहिराईबाट कहिल्यै बाहिर आउन नसक्ने गरी गए ।’
रिजोर्टले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुख प्रकट गरेको छ । 

यो प्रेम जोडीले रिजोर्टमा चार रातका लागि ‘अन्डरवाटर रुम’ बुक गराएको थियो ।

किनारा (जमिन) भन्दा २५० मिटरको दूरीमा रहेको र  करिब १० मिटरको गहिराईमा  रहेको रिसोर्टको  ‘अन्डरवाटर रुम’को एक दिनको मूल्य १७०० डलर छ । 
दुर्घटना तेस्रो दिनमा भएको थियो । 

वेबरले आफ्नी प्रेमिकालाई प्रपोज गर्न रुम बाहिर पानीमा डुबुल्कीमा लगाएका थिए । 

उनले पानीमा डुबुल्की लगाउँदा पारदर्शी प्लास्टिकले मोडिएको एउटा कागज पनि लगेका थिए । पानीभित्र पुगेपछि पारदर्शी भित्ता भएको कोठामा रहेकी प्रेमिकालाई उनले त्यो कागज देखाइरहेका थिए । जसमा लेखिएको थियो, ‘मलाई तिमीसँग जोडिएका हरेक चिजसँग प्रेम छ, यो भन्नलाई म धेरै बेर सास रोकेर पानीभित्र रहन सक्दैन । तर, म तिमीसँग जोडिएको हरेक चिजसँग प्रेम गर्छु र मेरो प्रेम प्रत्येक दिन बढिरहेको छ ।’

त्यसपछि उनले आफूले लगाएको हाफप्यान्ट बाट एउटा औंठी निकाल्छन् त्यसपछि भिडियोमा केही देखिंदैन । 

रिजोर्टले पानीमा केही गडबडी भएको थाहा पाएपछि तुरुन्तै उसका स्टाफहरु पुगेको तर, त्यसबेलासम्म वेबरको ज्यान गइसकेको उल्लेख गरेको छ । 

आफ्नो फेसबुक पोष्टमा वेबरकी प्रेमिकाले लेखेकी छन्, ‘वेबरले उनको प्रस्तावको उत्तर सुन्नै पाएनन्, लाखौं पटक सोधे पनि त्यसको जवाफ एउटै हुन्थ्यो, हुन्छ ।’

उनले आफ्नो जीवनमा सबैभन्दा रमाइलो हुनुपर्ने दिन सबैभन्दा खराब दिनमा परिणत भएको उल्लेख गरेकी छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।