शुक्रबार, भदौ ५, २०८३

छिटोभन्दा छिटो मन्त्रपरिषद् विस्तार हुन्छ : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

आइतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरु भित्र छलफल र परामर्श चलिरहेको भन्दै अब छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्।

‘विस्तार किन रोकिएको भन्ने बारेमा भनिरहनु परेन। विभिन्न पार्टीहरु भित्र छलफल, परामर्श, चलिराछ । सबै आन्तरिक रुपमा पनि कतिपय कामहरुमा जुट्नु भएको छ,' उनले भने, 'कसैको महाधिवेशन छ। कोही पार्टी निर्माणको क्रममा जुट्नुभएको छ । कोही पार्टी बिस्तारको क्रममा जुट्नुभएको छ। यो सबै कारणले गर्दा स्थिति बनेको हो। अब छिट्टै यसको पनि निराकरण हुनेछ। अब छिटो भन्दा छिटो हुन्छ।’

अध्यक्ष नेपालले कोही महाधिवेशन तयारीमा जुट्नु परेको र कोही पार्टी निर्माण र विस्तारकै क्रममा रहेकोले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उल्लेख गरे। 

एकीकृत समाजवादीले संसदीय दलको नेतामा नेपाललाई चयन गरेको छ। 

प्रकाशित: Aug 29, 2021| 16:09 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...