शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले र जसपाका प्रदेश सांसद र जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउने

एमाले र जसपाका प्रदेश सांसद र जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउने

नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्म दल रोज्न पाउने भएका छन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं- नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्म दल रोज्न पाउने भएका छन्। निर्वाचन आयोगको आइतबारको बैठकले दल रोज्न भदौ २२ गते बेलुका ५ बजेसम्मको समयसीमा तोक्ने निर्णय गरेको हो। 

अब यी दुवै दलबाट नयाँ दल रोज्न चाहने प्रदेश सांसदले प्रदेश निर्वाचन कार्यालय प्रमुख र स्थानीय जनप्रतिनिधिको हकमा जिल्ला निर्वाचन कार्यालय प्रमुखको रोहबरमा सनाखत गर्नुपर्ने भएको छ। 

प्रदेश निर्वाचन कार्यालयले प्रदेश सभा तथा स्थानीय तहका सदस्यको सनाखत गराउँदा छुट्टाछुट्टै स्थानमा छुट्टाछुट्टै रजिस्टर खडा गरी सनाखत गराउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित कार्यालयलाई निर्देशन समेत गरेको छ। 

एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको छ भने महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको छ। 

यसअघि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर यी दुई दल बन्ने बाटो सहज बनाइदिएको थियो। उक्त अध्यादेशमा प्रदेशका सांसद र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल दर्ता भएको २१ दिनसम्म दल रोज्न पाउने व्यवस्था गरेको थियो। 

प्रकाशित: Aug 29, 2021| 15:24 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...