शुक्रबार, भदौ ५, २०८३

नेकपा एकीकृत समाजवादीद्वारा विधान मस्यौदा समिति गठन

नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदीय दलको विधान बनाउन विधान मस्यौदा समिति गठन गरेको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदीय दलको विधान बनाउन विधान मस्यौदा समिति गठन गरेको छ। निर्वाचन आयोगले दल दर्ता गरेपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले विधान मस्यौदा समिति गठन गरेको सांसद निरा जैरुले जानकारी दिइन।

उनका अनसुार विधान मस्यौदा समितिमा शेरबहादुर कुँवर, भवानी खापुङ, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी सदस्य छन्।

समितिले दलको विधान निर्माणका लागि आवश्यक छलफल र मस्यौदा तयार गर्नेछ। एमालेबाट अल्लिगएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरिएको छ। यो दलले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय गरिसकेको छ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। भेटवार्तामा छिट्टै सरकार गठनलाई पूर्णता दिने सहमति भएको थियो।


प्रकाशित: Aug 29, 2021| 14:14 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...