बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाकालीको पहुँच मार्गमा अनावश्यक हिँडडुल गर्न निषेध

महाकालीको पहुँच मार्गमा अनावश्यक हिँडडुल गर्न निषेध

भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधिन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आइतबारदेखि हिँडडुल गर्न निषेध गरिएको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

कञ्चनपुर- भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधिन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आइतबारदेखि हिँडडुल गर्न निषेध गरिएको छ। कोरोनाको सङ्क्रमणलाई मध्यजनगर गर्दै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न कामदार बोक्ने सवारी साधन, ढुवानीका साधन र कामदारलाई मात्रै सडकमा जान अनुमति दिने भएको छ। 

अन्य सवारी साधन आवतजावत गर्न र अनावश्यक हिँडडुल गर्नमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निषेध गरिएको छ। अनावश्यक रुपमा सडक क्षेत्रमा लाग्ने भिडका कारण सडक र पुलमा काम गर्ने मजदुरमा कोरोनाको सङ्क्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै हिँडडुल गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए। 

पहुँच मार्ग हाल महाकाली भाइरल रोडका नामले परिचित छ। दैनिक सडक क्षेत्रमा सयौंको सङ्ख्यामा टिकटक बनाउने, भिडियो, फोटो खिच्न मानिसहरु पुग्ने गरेका थिए। सडक क्षेत्रमै झै झगडा गर्ने, निर्माण कार्यमा प्रयोग हुने गाडी तथा सवारी साधनलाई बाटो नछाडने, निर्माणस्थलमा पसल खोलेर बस्ने, विद्युत्का खम्बामा चढ्ने, निर्माणस्थलमा अनुमति विना स्टिकर टाँस्ने, निर्माण भैरहेका संरचना बिगार्नेलगायतका कार्य हुन थालेपछि पहुँच मार्गको आवतजावतमा निषेध गरिएको बताइएको छ। -रासस

प्रकाशित: Aug 29, 2021| 12:15 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।