बिहीबार, भदौ ४, २०८३

भारतबाट पसेका हात्तीको बथान नफर्किदा त्रास

भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

झापा- भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन्। सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए। भित्रिएका हात्ती लामो अवधिसम्म नेपालमै बसिरहँदा स्थानीयवासीमा त्रास बढेको मानव हात्तीद्वन्द्व न्यूनीकरण अभियानकर्मी शंकर लुइँटेलले बताए। 

भारतको सुकुना वन क्षेत्रबाट मेची नदी तरेर हात्तीको बथान आहारको खोजीमा बर्सेनि नेपाल पस्ने गथ्र्यो। नेपालले बाहुनडाँगीको तिरिङदेखि काँकरभिट्टासम्म १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको  सात वर्षपछि  हात्तीको बथान नेपाल पसेको यो पहिलो पटक हो।

हात्तीको प्रवेशविन्दु बाहुनडाँगीमा दुई दशकदेखि क्रियाशील उनका अनुसार २०७१ सालयता हात्ती नेपाल पसेका थिएनन्। यसअघि नेपाल पसेका हात्ती बढीमा चार दिनमै भारततिरै फर्किन्थे। ‘यसपाली एक महिना भइसक्यो हात्तीको बथान भारततिर फर्किएको छैन,’ अभियानकर्मी लुइँटेले भने, ‘किन फर्किएनन् भन्ने नयाँ खोजको विषय भएको छ। कतै यिनीहरु नेपालतिरै बस्न लागेका त होइनन् भन्ने प्रश्न पनि उब्जिएको छ।’

उनका अनुसार २० मध्ये १८ एउटै झुण्डमा डुल्ने गरेका र दुई दाह्रे हात्ती भने अलग्गै छन्। बथानबाट लखेटिएका हात्तीलाई ‘मालजोरिया’ भन्ने गरिन्छ। ती दुई हात्ती बथानको छेउछाउ नै डुल्ने गरेका छन्।

हाल झापामा १३ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालयले जनाएको छ। ती हात्ती पनि कुनै बेला यसरी नै भारतबाट पसेर यतै बसेको हुनसक्ने लुइँटेलको अनुमान छ। हालै भित्रिएका हात्तीको बथान उत्तरी झापाको मेचीनगर, अर्जुनधारा र कनकाइको वन क्षेत्रमा डुलिरहेका छन्। ती वन क्षेत्रमा हात्तीले रुचाउने जङ्गली अठिया केरा र बाँसको तामाजस्ता आहारा प्रशस्त मात्रामा छ।

नयाँ बथानले अहिलेसम्म मानवीय क्षति नगरे पनि  कनकाइको सुकेडाँगीमा एउटा घरपालुवा जनावर मरेको थियो। जङ्गल आसपास मानव वस्तीमा हात्ती डुल्ने गर्दा स्थानीयवासीमा त्रास बढेको छ। -रासस

प्रकाशित: Aug 29, 2021| 11:55 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।