शुक्रबार, मंसिर १९, २०८२

उपनिर्वाचनका लागि दल दर्ता गराउने जिम्मा पौडेललाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी उपनिर्वाचनका लागि दल दर्ताको जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले मंसिर १४ गतेका लागि तोकिएको उपनिर्वाचनमा दल दर्ता गर्ने जिम्मेवारी पौडेललाई दिएको हो। 

बुधबारको बैठकमा अन्य विषयले प्रवेश पाउन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए।

करिब ४० मिनेट बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे पनि चर्चा भएको थियो। 

यस्तै बैठकमा सचिवालय सदस्य वामदेव गौतम भने उपस्थित भएनन्। उनी भाइरल ज्वरोका कारण आजको बैठकमा उपस्थित हुन नसकेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।