शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक असोज १ देखि

उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक असोज १ देखि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - निर्वाचन आयोगले उपनिर्वाचनका लागि असोज १ देखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार अन्तिम मतदाता नामावली प्रकाशन गर्नका लागि नामावली अद्यावधिक गर्न पाँच दिनको समय तोकिएको छ। यस अवधिमा नामावलीमा केही सच्याउन, दोहोरो भए हटाउन, विवादित भए उजुरी गर्नका लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ। मतदाता नामावली अध्यावधिक कार्य सम्बन्धित वडामै हुनेछ। उजुरीमाथि छानबिन गरेर आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। उपनिर्वाचन हुने स्थानमा हाल चार लाख ४७ हजार मतदाता छन्। 

आयोगको पछिल्लो तथ्यांक अनुसार हाल प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडा अध्यक्ष ४२ गरी कुल ५१ पद रिक्त छ। उपनिर्वाचन ३६ जिल्लामा हुनेछ। आयोगले उपनिर्वाचनमा सहभागी हुने राजनीतिक दललाई आयोगमा दर्ता हुन भदौ मसान्तसम्मका लागि आह्वान गरेको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।