शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधानको विरोधमा जनजाति महासंघको तीन महिने आन्दोलन 

संविधानको विरोधमा जनजाति महासंघको तीन महिने आन्दोलन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आदिवासी जनजाति महासंघले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको छ।

आदिवासी जनजाति, मधेशी, दलितसँग सम्बन्धीत संघ–संस्थाहरुले संयुक्त रुपमा असोज ३ गतेको संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने भएको छ।

महासंघले औपचारिक रुपमै निर्णय गरी असोज ३ गतेलाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको महासंघका अध्यक्ष जगत बरामले जनाएका छन्।

बरामका अनुसार संविधान दिवसको विरोधमा विभिन्न कार्यक्रमको घोषणासमेत गरिएको छ।

‘असोज ३ लाई केन्द्रीत गरेर हामीले विरोधका कार्यक्रम सार्वजनिक गर्दै छौं।’ बरामले भने,‘संविधानमा हाम्रो असन्तुष्टि कायमै छ। संविधान संशोधन नभएसम्म हामीले संविधान दिवस मनाउँदैनौं।’

बरामका अनुसार संविधान संशोधनका लागि दबाब स्वरुप तीन महिने आन्दोलनका कार्यक्रम पनि घोषणा गरिदैछ।

यता सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने तयारी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।