काठमाडौं- प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशलाई प्रहरीले चितवन मेडिकल कलेजबाट पक्राउ गरेको हो । चितवन मेडिकल कलेजका विद्यार्थीले थालेको आन्दोलनका क्रममा बुधबार बिहान प्रकाशलगाययत एक १५ जना विद्यार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।
मेडिकल केलजका विद्यार्थी एक हप्तादेखि चर्को शुल्क लिएको विरोधमा विभिन्न माग राखी आन्दोलनरत छन् । आन्दोलनको अगुवाई प्रकाशले नै गरेको प्रहरीले जानकारी दिएको छ । अस्पताल जस्तो अत्यावश्यक सेवा संचालनमा अवरोध गरेपछि उनीहरुलाई पक्राउ गरिएको शर्माले बताए ।
‘अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको हो’, शर्माले भने,‘पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४