शुक्रबार, साउन २९, २०८३

फेरि उपचारका लागि टिचिङ पुगे प्रधानमन्‍त्री ओली 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सिंगापुरबाट उपचार गरेर फर्किएको पाँचै दिनमा प्रधानमन्त्री केपी शर्मा ओली पुनः स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन्।  

बुधबार बिहान पौने ९ बजेतिर उनी महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएर स्वास्थ्य परिक्षण गराएका हुन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको घाँटीमा राखिएको ‘क्याथेटर’ पाइप निकालीएको छ । उनको त्यहाँ उनको मुटु, मिर्गौला र हातको पनि स्वास्थ्य जाँच गरिएको छ । 

अन्य अवस्था सामान्य नै रहेको जनाइएको छ । ओली करिब १ घण्टापछि अस्पतालबाट बालुवाटार फर्किएका थिए । 

सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गराएपछि प्रधानमन्त्रीलाई केही दिनका लागि एन्टिबायोटिक चलाइएको र त्यसले सामान्य कमजोरी महसुस गराए पनि उनी टिचिङ पुगेको उनी निकट स्रोतले बताएको छ।

यसअघि ओली पहिलो पटक १० दिन र दोस्रो पटक १५ दिनसम्म सिंगापुरमा उपचार गरिएको थियो। उनी यही भदौ २० गते स्वदेश फर्किएका थिए। 

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो। जसका कारण उनी पटक पटक स्वास्थय समस्यामा पर्ने गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।