काठमाडौं- बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण फेरि केहि दिन देशभर मेघगर्जनसहित वर्षा हुने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापिय रेखा पूर्वी भाग औसत स्थानभन्दा केहि माथि रहेका कारणले अबको तीन दिन देशका अधिकांश ठाउँमा वर्षा हुने भएको हो ।
बुधबार दिउँसो देशभरी सामान्य बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन÷चट्टयांगसहित मध्यम वर्षा हुने छ। यस्तै देशका पूर्व र मध्य भु–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्हरुका अनुसार आज (बुधबार) देखि पर्सि (शुक्रबार)सम्म देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसमी विवरण सार्वजनिक गर्दै भनेको छ- 'देशका धेरै स्थानहररूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्ययमसम्म वर्षा साथै थोरै स्थानहररूमा भारी वर्षाको सम्भावना भएकाले नदीमा आकस्मिक बहाव बढ्न सक्ने, पहाडी भूभागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ।’
यस्तो हुनेछ आगामी तीन दिनको मौसम
भाद्र २५ गते (बुधवार)
दिउँसो: देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पूर्व र मध्य भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पुर्व देखि पश्चिम सम्मकै थोरै-थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।
भाद्र २६ गते (बिहिवार)
दिउँसो: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य तथा पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। पुर्व तथा मध्य भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
भाद्र २७ गते (शुक्रवार)
दिउँसो: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पूर्व तथा मध्यका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पुर्व तथा पश्चिमि भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४