बैतडी- बलात्कारको आरोपमा प्रहरीले बैतडीबाट एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्दलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक किसन चन्दका अनुसार स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
“सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ”, उनले भने, “अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।”
किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४