शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेविसंघको तत्काल महाधिवेशन नगरे अनसन थाल्ने चेतावनी 

नेविसंघको तत्काल महाधिवेशन नगरे अनसन थाल्ने चेतावनी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन चाँडो गर्न विद्यार्थी नेताले माग गरेका छन् । 

नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले मङ्गलबार पत्रकार सम्मेलन गर्दै तत्काल मिति नतोकिए आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

पार्टी नेतृत्वको कमजोरीका कारण भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन हुन नसकेको भन्दै चाँडो गर्नुपर्ने माग गरेका छन् । 

नेविसङ्घका नेता लिलाबल्लभ दाहालले वर्तमान पार्टी नेतृत्व इतिहासमै कमजोर भएको आरोप लगाए । “पार्टी सभापतिमात्र नभई सिङ्गो काङ्ग्रेसको केन्द्रीय समिति नै असक्षम बनेको छ”, उनले भने । 

नेविसङ्घका नेता क्षितिज भण्डारीले पार्टी नेतृत्वले समयमै निर्वाचनको मिति घोषणा गरेर अगाडि नबढे आमरण अनशन बस्ने चेतावनी दिए । नेविसङ्घको निर्वाचनमार्फत नेतृत्व चयन गरी पार्टी बलियो बनाउनुपर्ने उनको भनाइ थियो । 

नेविसङ्घका नेता मोती भण्डारीले भ्रातृ संस्थाको महाधिवेशन नगराएर पार्टी जागरण अभियानमा जानु सान्दर्भिक कुरा नभएको बताए । 

निवर्तमान कोषाध्यक्ष शिव रिमालले काङ्ग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा नेविसङ्घले आन्तरिक लोकतन्त्र खोज्नुपर्ने अवस्था आउनु विडम्बना भएको बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।