काठमाडौं– नवगठित नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन्। स्वास्थ्यमा समस्या आएपछि खनाल गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका थिए।
‘उहाँको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ। भोलि स्वदेश फर्कन लाग्नुभएको हो,’ उनका स्वकीय सचिव कृष्ण भट्टराईले भनेका छन्।
नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो।