शुक्रबार, साउन २९, २०८३

प्रहरी भन्दै किशोरी अपहरण गर्ने तीन जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - धनगढीमा नक्कली प्रहरी बनेर मध्यरातमा किशोरीको अपहरण गर्ने तीन जना पक्राउ परेका छन्। किशोरीको अपहरण गरेको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्वर १६ का २९ वर्षीय लोकेन्द्र खडायत, सोही ठाउँका २१ वर्षीय अनिल राना र २२ वर्षीय सन्दिप रानालाई प्रहरीले पक्राउ गरेको हो।

गत भदौ २१ गते राति १२ बजे धनगढीको जाखोर ताल नजिककी १६ वर्षीय किशोरीलाई उनीहरुले आफुहरु प्रहरी भएको भन्दै लगेका थिए। एउटा घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लैजानुपर्ने भन्दै तीनै जनाले किशोरीको अपहरण गरेका थिए।

भदौ २२ गते राति प्रहरीले उनीहरुलाई वडा नम्वर १६ बाट पक्राउ गरि किशोरीको उद्धार गरेको हो। किशोरीको स्वास्थ्य परीक्षण गरि आफन्तलाई बुझाइएको छ। तीन जनाविरुद्ध भने अपहरण, शरीर बन्धक र जवरजस्ती करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।