शुक्रबार, साउन २९, २०८३

पहिलो हाफमा चाइनिज ताइपेईविरुद्ध नेपाल १-० ले अघि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्धको खेलको पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको छ । 

खेलको तेस्रो मिनेटमा नै सुजल श्रेष्ठको फ्रिकिकमा अन्जनले हेड गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए। एक गोलले पछि परेपछि निकै आक्रामक रुपमा खेलेको ताइपेईले खेलमा केही अवसर श्रृजना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन। 

नेपाली पोस्टमा ताइपेईले गरेका सशक्त दुई प्रहारलाई गोलरक्षक किरण चेमजोङले उत्कृष्ट बचाउ गरेका थिए। यता नेपालले पनि थप अवसरलाई गोलमा परिणत गर्न सकेन। 

विश्वकप एसिया छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेईविरुद्ध आफ्नो दोस्रो खेल खेल्दैछ। छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।