शुक्रबार, साउन २९, २०८३

नेकपाको कार्यक्रममा कुटाकुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

राजविराज - नेपाल कम्युनिष्ट पार्टी प्रदेश–२ को सथप ग्रहण कार्यक्रममा कुटाकुट भएको छ। प्रदेश २ को बारा र पर्सा बाहेकका ६ वटा जिल्लामा नव गठित जिल्ला कमिटिहरुको सपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको हो।

प्रदेश–२ का अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलमाथि पार्टीका कार्यकर्ताले हातपात गरेका छन्। जिल्ला कमिटी गठनमा असन्तुष्ट रहेको पक्षले सपथ ग्रहण कार्यक्रममै गएर हातपात गरेको हो। सपथ ग्रहण रोक्न आग्रह गर्दा अध्यक्ष साह र सचिव प्याकुरेलले बेवास्ता गर्दै कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएपछि उनीहरुमाथि हातपात भएको बताइएको छ।

पार्टीका शीर्ष नेताहरुबीच दुई पार्टीका जिल्ला कार्यकर्ता र नेतालाई मिलाएर नयाँ जिल्ला कमिटी गठन गर्ने सहमति भएअनुसार कमिटी गठन गरेर सपथ ग्रहण हुन लाग्दा असन्तुष्ट पक्षले पार्टीका नेता माथि नै आक्रमण गरेका हुन्। असन्तुष्ट पक्षको तिव्र विरोध हुने भएपछि यसअघि कार्यक्रममा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल आउने भएपनि उनीहरु आउने कार्यक्रम रद्द गरिएको थियो।

कार्यक्रम स्थलमै हात हालाहाल भएपछि अहिले उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने असन्तुष्ट कार्यकर्ताले कुर्सी तोडफोड गर्दै नाराबाजी गरिरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।