शुक्रबार, साउन २९, २०८३

नेपालको लक्ष्य फाइनल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (मंगलबार)आफ्नो लिगको अन्तिम खेल खेल्दै छ। लिगको अन्तिम खेलमा नेपालले ताजिकिस्तानको सामना गर्दै छ। खेल नेपाली समय अनुसार मध्यान्ह ११:४५ बजे सुरु हुनेछ।

लिगका समान दुई दुई खेल खेलेका नेपाल र ताजिकिस्तानले समान एक खेलमा जित र एक खेलमा हार ब्यहोरेका छन्। त्यसैले फाइनल प्रवेशका लागि दुबै टोलीलाई जित अत्यन्तै आवस्यक छ। 

नेपालले आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानमाथि ८-२ को फराकिलो अन्तरले पराजित गरेको थियो। तर, दोस्रो खेलमा भने नेपाल उज्बेकिस्तानसँग २-० ले पराजित हसन पुग्यो। 

यता ताजिकिस्तानले पहिलो खेलमा उज्बेकिस्तानसँग १२-० को फराकिलो हार ब्यहोर्दा, दोस्रो खेलमा भने किर्गिस्तानलाई २-१ ले पराजित गरेको थियो।  

आयोजक किर्गिस्तान प्रतियोगिताबाट बाहिरि सक्दा उज्बेकिस्तानले भने प्रतियोगिताको फाइनलमा स्थान बनाइ सकेको छ। प्रतियोगिताको फाइनल खेल बिहिबार हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।