शुक्रबार, वैशाख ४, २०८३

बेल्जियमको जितमा डे ब्रुएनको प्रभावशाली प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- मिडफिल्डर केभिन डे ब्रुएनले प्रभावशाली प्रदर्शन गरेपछि युरो कप छनोट अन्तर्गत बेल्जियमले फराकिलो जित निकालेको छ। सोमबार राति भएको खेलमा स्कटल्यान्डलाई ४-० ले पराजित गर्दै बेल्जियमले फराकिलो जित निकालेको हो। 

डे ब्रुएनले बेल्जियको लागि एक गोल गर्दा तीन असिस्ट गरेका थिए। उनले टोलीले पहिलो हाफमा ३-० बनाउँदा तीनै गोलमा असिस्ट गरेका थिए। त्यसपछि उनले खेलको अन्तिम आठ मिनेटमा एक गोल गरेका थिए। 

रोमेलु लुकाकुले नवौ मिनेटमा गोल गर्दै पाहुना टोली बेल्जियमलाई अग्रता दिलाएका थिए। २४ औं मिनेटमा थोमस वर्मालेने गा्ल गर्दै अग्रता दोब्बर बनाउँदा ३२ औं मिनेटमा टोबी एल्डरविरेल्डले गोल गर्दै बेल्जियमलाई पहिलो हाफमा ३-० को अग्रता दिलाए। त्यसपछि ८२ औं मिनेटमा डे ब्रुएनले गोल गर्दै बेल्जियमलाई ४-० को जित दिलाए। 

यसजितसँगै बेल्जियमले सतप्रतिशत जित निकाल्दै समुह ‘आई’ को शीर्ष स्थानमा रहेको छ। बेल्जियमको ६ खेलबाट १८ अंक रहेको छ। पराजित स्कटल्याण्डको ५ खेलबाट ६ अंक छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।