एजेन्सी- युरो कप छनोट अन्तर्गत क्रोएसियाले अजरवैजानसँग बराबरी खेलेको छ। सोमबार राति भएको खेलमा क्रोएसियाले अजरवैजानसँग १-१ गोलको बराबरी खेलेको हो।
खेलमा सुरुवाती अग्रता क्रोएसियाले लिए पनि अग्रता जोगाउन नसक्दा क्रोएसियाले अंक बाँढ्न बाध्य भएको हो। खेलको ११ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै क्रोएसियालाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए। उनले पेनाल्टीमा गोल गरेका थिए।
त्यसपछि ७२ औं मिनेटमा अजरवैजान खलीलजादेले गोल गर्दै खेल बराबरीमा ल्याए। यस बराबरीसँगै क्रोएसिया अंक तालिकाको शीर्ष स्थानमा छ।
क्रोएसियाको ५ खेलबाट १० अंक छ । अजरवैजान १ अंक सहित तालिकाको पुछारमा छ। वेल्सलाई ७ अंक सहित दोस्रो स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४