शुक्रबार, साउन २९, २०८३

नेपालले जित्ला त चाइनिज ताईपेलाई?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- फिफा विश्वकप २०२२ को दोस्रो चरणको एसिया छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज (मंगलबार) चाईनिज ताईपेको सामना गर्दै छ। खेल नेपाली समय अनुसार दिउँसो ४:५५ बजे सुरु हुने छ।
 
छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा पराजित भएको नेपालले ताइपेलाई पराजित गर्दै पहिलो जित निकाल्ने योजनामा छ। समूहमा तुलनात्मक रुपमा कमजोर मनिएको ताइपेलाई नेपाल आफ्नो पहिलो जितको सिकार बनाउन चाहन्छ। 

नेपालले हालसम्म ताइपेसँग एक खेल मात्र खेलेको छ। गत जेठमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले ताईपेसँग खेलेको थियो। उक्त खेलमा नेपालले १-१ गोलको बराबरी खेल्दा नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए । 

त्यसैले पनि नेपाल विश्वकप छनोटको नतिजा दोहर्योउने योजनामा रहने छ। नेपाले छनोटको पहिलो खेलमा कुवेतसँग ७-० को लज्जास्पद हार ब्यहोर्दै दुखद सुरुवात गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।